नियम १७
समितिको बैठक र कार्यविधि –
(१) समितिको बैठक आवश्यकतानुसार समितिको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठकको गणपुरक संख्या समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत हुनेछ ।
(३) समितिको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा समितिको अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।
(४) समितिको निर्णय वा आदेश समितिको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
द्रष्टव्य – (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
(२) पहिलो संशोधनद्वारा रुपान्तर भएका शब्दहरु “गाउ“ वा नगर र जिल्ला पञ्चायत कार्यालयमा” को सट्टा “गाउ“ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा” ।